दोस्रो विश्व युद्धपछि कै ठूलो चुनौती हो कोरोना : एंगेला मर्केल

दोस्रो विश्व युद्धपछि कै ठूलो चुनौती हो कोरोना : एंगेला मर्केल

जर्मनी चान्सलर एंगेला मर्केलले कोरोना भाइरसको संक्रमण दोस्रो विश्व युद्धपछि कै ठूलो चुनौती भएको बताएकी छिन् । 

कोरोना भाइरसबाट बच्न जर्मनीले विशेष सतर्कता अपनाउनु पर्ने बताएकी छिन् । कोरोनाको संक्रमण लामो समयसम्म रहने भएकाले विल्कुल फरक तरिकाले यसको सामना गर्नुपर्ने उनको भनाइ छ ।

यसका लागि ईयूको बजेटमा सबैभन्दा धेरै योगदान जर्मनीको हुने उनले बताइन् । जर्मनीमा १ लाख ४८ हजार ४६ मा कोरोना संक्रमण देखिसकेको छ । ५ हजार ९४ को कोरोना संक्रमणका कारण मृत्यु भएको बीबीसीले जनाएको छ ।