विद्यालय सञ्चालनका लागि धार्मिक महोत्सव हुने

विद्यालय सञ्चालनका लागि धार्मिक महोत्सव हुने

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ मा कात्तिक १४ गतेबाट धार्मिक महोत्सव हुने भएको छ ।

यसका लागी तयारी तिव्र पारिएको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ स्थित झिलमिलामा रहेको बैजनाथ माध्यमिक विद्यालयको सर्वाङ्गीण विकासार्थ कार्यक्रम आयोजना गर्न लागीएका धार्मिक महोत्सव मुल समितिका संयोजक लाल बहादुर रावतले जनकारी दिनुभयो। 

विद्यालयको आफ्नै आर्थिक श्रोत नरहेको र अभिभावकको भर मात्र विद्यालय सञ्चालनमा रहेको हुनाले थप कक्षा सञ्चालन र प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको संयोजक रावतले बताउनुभयो । 

विद्यालयमा स्वीकृत प्रा.वि. दरबन्दी ५ जना शिक्षक र १ जना राहत दरवन्दी गरि ६ जना प्रा.वि तहमा छन्, भने नि.मा.वि. तहमा २ जना राहत दरवन्दी र मा.वि तहमा कुनै दरवन्दी रहेको छैन् । 

मा.वि. संचालनका लागि विद्यालयले २ जना शिक्षक निजि राखि काम चलाउदै आएको छ । १४ गते देखि सुरुहुने धार्मिक महोत्सव २० गते सम्म सञ्चालन हुने छ ।

कार्यक्रमको तयारी ८० प्रतिशत पुरा भई सकेको  महोत्सव मुल समितिका संयोजक लाल बहादुर रावतले जनकारी दिनुभयो ।

बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दविर बुढाका अनुसार विद्यायलको सर्वाङ्गीण विकासका लागि आआफ्नो क्षेत्र बाट सबैले हुने सहयोग गर्नुपर्ने बताएका छन ।