कोरोनाका कारण १ लाख ९७ हजारको मृत्यु,सात लाख ८१ हजार बढी निको भए

कोरोनाका कारण १ लाख ९७ हजारको मृत्यु,सात लाख ८१ हजार बढी निको भए

माहामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हालसम्म  १ लाख ९७ हजार बढीको मृत्यु भएको छ ।

आज विहानसम्म कोरोनाका कारण १ लाख ९७ हजार ८२ जनाको मृत्यु भएको हो । महामारीका रुपमा विश्वभर फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार ८ सय नाघेको छ ।

विश्वभर सात लाख ८१ हजार ३ सय ८२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा धेरै अमेरिकामा ५२ हजार १७६ ले ज्यान गुमाएका छन् । कोरोनाका कारण इटलीमा २५ हजार ९६९, स्पेनमा २२ हजार ५२४, फ्रान्समा २२ हजार २४५, बेलायतमा १९ हजार ५०६ को मृत्यु भइसकेको छ । 

हाल १८ लाख ३२ हजार ३८९ कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५८ हजार ५३१ को अवस्था गम्भीर रहेको छ ।