फिनल्याण्डकी प्रधानमन्त्री मरीन ‘सेल्फ क्वारेन्टाइन’मा

फिनल्याण्डकी प्रधानमन्त्री मरीन ‘सेल्फ क्वारेन्टाइन’मा

फिनल्याण्डकी प्रधानमन्त्री सना मरीनले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेकी छन् । उनले आफ्नो घरमा काम गर्ने एक कर्मचारीले कोरोना भाइरस संक्रमित व्यक्तिसँग सम्पर्क गरेको पत्ता पाएपछि उनी पनि सेल्फ आइसोलेसनमा गएको बताइएको छ ।

मारिन र कर्मचारी दुवैमा कोरोनाको कुनै लक्षण छैन । प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा उनको टेस्ट भएको र उनमा कोरोना संक्रमणका कुनै लक्षण नपाइएको जनाइएको छ ।

उनका कर्मचारी पनि क्वारेन्टाइनमै छन् । ३४ वर्षीया सना मरीन विश्वमै कान्छी प्रधानमन्त्रीको रूपमा विश्वभर चिनिएकी थिइन् ।