बेलायतमा कोरोनाको प्रकोप उच्च : २४ घण्टामा ७ सय भन्दा धेरैको ज्यान गयो

बेलायतमा कोरोनाको प्रकोप उच्च : २४ घण्टामा ७ सय भन्दा धेरैको ज्यान गयो

कोरोना भाइरसको महामारीबाट अहिले सारा विश्व ग्रस्त बनेको छ । विश्वका २१० वटा देशमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म १ लाख ९७ हजार २४६ जनाको ज्यान गएको छ भने २८ लाख ३० हजार ८२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ९८ हजार ७७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५८ हजार ५२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोनाबाट ग्रस्त बनेको देश बेलायतमा अहिलेसम्म १९ हजार ५०६ जनाको ज्यान गएको छ भने अहिलेसम्म १ लाख ४३ हजार ४६४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बेलायतमा शुक्रवार मात्रै कोरोना भाइरसको महामारीका कारण ७६८ जनाो मृत्यु भएको छ भने शुक्रवार नै ५ हजार ३८६ नयाँ संक्रमित थपिएका छन् ।