पछिल्लो २४ घण्टामा १९४५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन

पछिल्लो २४ घण्टामा १९४५ जनाको कोरोना परीक्षण, नयाँ संक्रमित भेटिएन

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण भएको छ। आज नयाँ संक्रमित भेटिएको छैन। 

कोरोनाको आशंकामा नेपालमा परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय ७० जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, बागमतिमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २ सय ४ जनाको आरडिटिबाट कोरोनाको परीक्षण भएका छन्। 

कुल संक्रमित ४९ जनामध्ये हालसम्म १५ जना उपचारपछि निको भएका छन्।  उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। 

काठमाडौं उपत्यकामा ३ र बाहिर ८४ गरी कुल ८७ जना आइसोलेसनमा छन्। १४ हजार ७ सय ३१ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।