स्पेनमा कोरोना भाइरसले स्पेनमा एकैदिन ३७८ जनाको मृत्यु

स्पेनमा कोरोना भाइरसले स्पेनमा एकैदिन ३७८ जनाको मृत्यु

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ ।

आइतबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २३ हजार ७५९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ९५ हजार ७०८ जना उपचारपछि निको भएका छन् ।

१ लाख ५ हजार १४९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।