भारत कोरोना भाइरसको इपिसेन्टर बन्दैः एकैदिन १८ सय बढीमा देखियो संक्रमण

भारत कोरोना भाइरसको इपिसेन्टर बन्दैः एकैदिन १८ सय बढीमा देखियो संक्रमण

भारतमा दैनिक एक हजारभन्दा बढी कोरोना भाइरसका नयाँ बिरामी थपिन थालेका छन्। यसले छिट्टै भारत कोरोना भाइरसको इपिसेन्टर बन्ने खतार बढाएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार शनिबारमात्र भारतमा १ हजार ३६ जना कोरोना भाइरसका नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका थिए भने ४५ जनाले ज्यान गुमाएका थिए। योसँगै भारतमा कूल कोरोना संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ। भारतमा हालसम्म कोरोनाका कारण ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा रहेका संक्रमितमध्ये ५ हजार ९ सय ३९ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। अहिले १९ हजार ५ सय १९ जना भारतमा उपचारत छन्। भारतले हालसम्म ५ लाख ७९ हजार ९ सय ५७ जनामा कोरोना भए-नभएको परीक्षण गरिसकेको छ।

भारतमा गत शुक्रबार १ हजार ४ सय ८, बिहीबार १ हजर ६ सय ६९, बुधबार १ हजार २ सय ९०, मंगलबार १ हजार ५ सय ४१ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। यसैगरी शुक्रबार ५९, बिहीबार ४०, बुधबार ३६, मंगलबार ५३ र सोमबार ३३ जनाको कोरोनाका कारण भारतमा मृत्यु भएको थियो।

एक महिनाअघि सम्म अर्थात् मार्च २५ सम्म भारतमा जम्मा ६ सय ५७ जना कोरोना भाइरसका संक्रमित थिए। एक महिना पछि अप्रिल २५ सम्म आइपुग्दा भारतमा यो संख्या बढेर २६ हजार २ सय ८३ पुगेको छ।

एक महिना अघि मार्च २५ सम्म भारतमा कोरोना भाइरस संक्रमणबाट मर्नेको संख्या मात्र १२ थियो। एक महिनापछि अप्रिल २५ सम्म आईपुग्दा भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या बढेर ८ सय २५ पुगेको छ।