कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको संख्या बढ्दो,३३ नेपालीको मृत्यु

कोरोनाका कारण बेलायतमा मृत्यु हुनेको संख्या बढ्दो,३३ नेपालीको मृत्यु

महामारीको रुपमा फेलिएको कोरोना भाइरसको सङक्रमणका कारण हालसम्म बेलायतमा  ३३  गैर आवाआसीय नेपालीहरुको मृत्यु भएको  लण्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

बेलायतमा ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  भने, २२ जना उपचारपछि घर फर्किसकेको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिएका छन् । 

कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा तीनजना महिलाहरु रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोरना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण  २० हजार ३ सय १९ को मृत्यु भएको छ ।