ननुहाएको भन्दै श्रीमानले श्रीमतीलाई दिए सम्बन्धबिच्छेद !

ननुहाएको भन्दै श्रीमानले श्रीमतीलाई दिए सम्बन्धबिच्छेद !

मानिस कति दिनसम्म ननुहाउला ? हामीलाई लाग्छ धेरैमा एक् महिनासम्म मानिसहरु ननुहाई कन बस्न सक्दछन् । तर, ताइवानमा भने एक महिलाले वर्षमा एकपटक मात्रै नुहाउने गरेकी छन् ।

ताइवानकी लिन नाम गरेकी एक महिलालले वर्षमा एकपटक नुहाउने र कहिले काँही मात्र दाँत माझ्ने गरेका कारण उनका श्रीमान् उनीसँग हैरान भएका छन्। उनको यस्तो व्यवहारका कारण उनका श्रीमानले सम्बन्ध विच्छेदको निर्णयसमेत लिएका छन् ।

उनका पतिले पत्नी वर्षौसम्म ननुहाएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दासमेत दर्ता गरेका हुन् । उनको सो सम्बन्ध विच्छेदाको मुद्दालाई अदालतले स्वीकृत पनि गरेको ताइपेइ टाइम्सले जनाएको छ ।

सो पत्रिकाका अनुसार ति महिलाले वर्षमा एकपटक मात्र नुहाउने गरेको कारणले उनीहरुको जम्मा त्यहि दिन मात्र सम्भोग हुने गर्दथ्यो । जसका कारणले उनीहरुलाई पहिलो सन्तान जन्माउन १० वर्ष लागेको थियो ।