कुकुरलाई ४ लाखको सुनको सिक्री !

कुकुरलाई ४ लाखको सुनको सिक्री !

हामीले बोलचालमा कसैले पाएको दुख र त्यसलाई गाली गर्नुपर्ने भयो भने त्यसबेला कुकुरसँग तुलना गरेर गाली गर्ने गर्दछौँ ।

अर्थात् कुकुरले सबैभन्दा बढि दुखः पाउने मान्यता हाम्रो समाजमा रहँदै आएको छ । तर यो दुनियाँमा केहि यस्ता कुकुर पनि छन् जो सुखसयलको जीवन मात्र होइन, लाखौँको सम्पत्तीमा रजाई गरीरहेका छन् ।

भारतको बिहारस्थित बेगूसरायमा एक कुकुर अहिले लखपति बनेको छ । खासमा यसरी कुकुर लखपती हुनुको कारण चाहिँ केहि दिन यता यस कुकुरको मालिकले उसलाई ४ लाख रुपैया बराबरको सुनको सिक्रि लगाईदिएको कारणले नै हो ।

उक्त मालिकले आफ्नो कुकुरलाई चार लाखको सुनको सिक्रि लगाइदिनुको कारण एक रोचक प्रसँग छ । १३ मार्चमा दरभंगामा टेण्डर हात पार्न अमित कुमार सिंह आफ्नो घर पालुवा कुकुर सहित पुगेका थिए ।

तर त्यहाँ भएको आपसी मतभेद र झगडाका क्रममा कुख्यात अपराधी राम भरोसी सिंहका सर्मथकले अमित माथि गोलिबारी शुरु गरे ।

उक्त गोलीबारीमा एक सिपाही सहित ३ जना घाइते भएका थिए । अमितमाथी अपराधको योजना बनाएर हमला गरेको थाहा पाएपछि प्रहरी थप बल लिएर अमितकहाँ पुगेको थियो । तर आफ्नो मालिक प्रति वफादार कुकुरले त्यतिबेलासम्म अपराधिलाई भगाइसकेको थियो ।

तर पनि प्रहरीले सबै अपराधिलाई पक्राउ गर्यो । आफ्नो जीवन बचाएकोमा कुकुरलाई अमितले चार लाखको सुनको सिक्रि लाइदिए ।

जसका कारण कुकुर रातरात लखपती बन्यो । कुकुरको यस बहादुरीलाई सरहाना गर्दै धेरैले सम्मान तथा इनाम समेत दिएका छन् ।