१ सय ८८ जना यात्रु बोकेको लायन एयरको विमान समुद्रमा दुर्घटनामा

१ सय ८८ जना यात्रु बोकेको लायन एयरको विमान समुद्रमा दुर्घटनामा

१ सय ८८ यात्रु बोकेको इण्डोनेसियाको लायन एयरलाइन्सको विमान समुन्द्रमा सोमवार बिहान खसेको छ। इण्डोनेसियाको जाकार्ताबाट पंगकल जाँदै बोइङ ७३७ विमान उडेको १३ मिनेटमै सम्पर्कविहीन भएको थियो।

इण्डोनेसियाको राष्ट्रिय खोज तथा राहत एजेन्सीका प्रवुक्ता युसूफ लतीफले विमान दुर्घटनाको पुष्टि गरेका छन्। विमानमा १ सय ८८ वयस्क यात्रु, एक नवजात शिशु, दुई बालबालिका तथा दुई पाइलट र चालक दलका पाँच सदस्य रहेका थिए।

लायन एयरलाइन्सले यसै वर्षमात्र बोइङ ७३७ विमान भित्र्याएको थियो। यो विमानमा कयौं समस्या रहेको एभिएशन कन्स्लटेन्ट सोएजाटमेनले  बताएका छन्। विमानका पाइलटले टावरमा समस्याबारे जानकारी दिएका थिए। लगत्तै उहाँलाई जाकर्ता फर्कन अनुमति दिइएको थियो। तर फर्कनुअघि नै विमान सम्पर्कविहीन हुन पुगेको थियो।

उद्धार एजेन्सीका प्रवक्ता लातिले प्लेन समुन्द्रमा ३० देखि ४० मिटर गहिरो पानीमा डुबेको बताएका छन्।