विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नजिक, २ लाख ६ हजार बढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नजिक, २ लाख ६ हजार बढीको मृत्यु

विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० लाख नजकि पुगेको छ भने २ लाख ६ हजार बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार आइतबारसम्म विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार ४ सय ३६ पुगेको छ। हालसम्म कोरोना भाइरसका कारण २ लाख ६ हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरस संक्रमितमध्ये हालसम्म ८ लाख ७८ हजार ७ सय ७ जना उपचारपछि निको भई घर फर्केका छन्। अहिले विश्वमा १९ लाख ८ हजार ७ सय ५६ जना कोरोना संक्रमित उपचारत छन्। उपचारतमध्ये ५७ हजार ६ सय २ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने १८ लाख ५१ हजार १ सय ५४ को अवस्था सामान्य रहेको जनाइएको छ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये १६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्किसकेक छन्। बाँकी अन्यको उपचार चलिरहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयताको चार महिनामा यो भाइरस फैलिएर विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिएको छ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी ज्यान गुमाउने अमेरिकाम रहेका छन्। संक्रमितहरुको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामा नै रहेको छ। आइतबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ९ लाख ८७ हजार १ सय ६० पुगेको छ, जसमध्ये ५५ हजार ४ सय १३ जनाका मृत्यु भइसकेको छ।
स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना भाइरस संक्रमित देखिएकोमा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरस संक्रमतिको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुगेको छ। यीमध्ये २६ हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ।

फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६२ हजार १ सय रहेको छ, जसमध्ये २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ। जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म ५ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा संक्रमितको कूल संख्या १ लाख ५२ हजार ८ सय ४० पुगेको छ भने २० हजार ७ सय ३२ जनाको मृत्यु भइसकेको छ। टर्कीमा कोरोना भाइरस संक्रमित १ लाख १० हजार १ सय ३० पुगेका छन्। यीमध्ये २ हजार ८ सय ५ जनाको मृत्यु भएको छ।

इरानमा ९० हजार ४ सय ८१ कोरोना भाइरस संक्रमित रहेकोमा ५ हजार ७ सय १० जनाले ज्यान गुमाइसकेका छन्। चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ८ सय ३० पुगेको छ, जसमध्ये ४ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ।

रुसमा ८० हजार ९ सय ४९ जना कोरोना संक्रमितको संख्या रहेको छ। यीमध्ये ७ सय ४७ जनाको मृत्यु भएको छ। ब्राजिलमा ६२हजार ८ सय ५९ कोरोना संक्रमित रहेकोमा हालसम्म ४ हजार २ सय ७१ जनाको मृत्यु भइसकेको छ।

कोरोनाका कारण क्यानाडामा २ हजार ५ सय ६०, बेल्जियममा ७ हजार ९४, नेदरल्याण्ड्समा ४ हजार ४ सय ७५, स्वीट्जरल्याण्डमा १ हजार ६ सय १०, आयरल्याण्डमा १ हजार ८७, स्वीडेनमा २ हजार १ सय ९४, पोर्चुगलमा ९ सय ३ र भारतम ८ सय ८१ जनाले ज्यान गुमाइसकेका छन्।