आजदेखि काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोनसन

आजदेखि काममा फर्किंदै बेलायती प्रधानमन्त्री जोनसन

कोरोना भाइरस संक्रमणमा परेका बेलायती प्रधानमन्त्री बोरिस जोनसन आजदेखि नियमित काममा फर्किंदै छन्। बीबीसीका अनुसार उनी तीन सातादेखि कोभिड-१९ को उपचारमा थिए।

लन्डनको टेन डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालय फर्किन लागेको कुराबाट जोनसन निकै उत्साहित देखिएको उनका प्रवक्ताले जनाएका छन्। 

उनको अनुपस्थितिमा प्रधानमन्त्रीको दायित्व सम्हालिरहेका विदेशमन्त्री डोमिनिक रावले प्रधानमन्त्री जोनसन कोभिड-१९ मुक्त भएर काममा फर्किंदै गरेको विषयबाट देशभर नै उत्साहको सञ्‍चार हुने बताए।

प्रधानमन्त्री जोनसन कोभिड-१९ पोजिटिभ देखिएपछि ६ अप्रिलमा अस्पताल भर्ना भएका थिए। उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेको थियो। १२ अप्रिलमा अस्पतालबाट डिस्चार्ज भएपछि उनी सरकारी निवासमा क्‍वारेन्टाइनमा बसिरहेका थिए।