कोरोनाविरुद्धको खोप विकासमा सँसारको ध्यान भारततर्फ

कोरोनाविरुद्धको खोप विकासमा सँसारको ध्यान भारततर्फ

अहिले सँसारका विकसित देशहरु कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । अमेरिका, रुस, चीन, बेलायत, अष्ट्रेलियालगायत मुलुक भ्याक्सिन बनाउने प्रतिष्पर्धामा छन् । कतिपय देशले मानव परीक्षण समेत गरिसकेका छन् ।

कतिपयले जनावरमाथि परीक्षण पूरा गरेका छन् । भ्याक्सिन बनाउने प्रतिष्पर्धामा भारत पनि छ । जसमाथि साँसारको बढी ध्यानाकर्षण भएको छ ।

आखिर किन कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा भारततर्फ सँसारको ध्यान गएको हो ? यसको पछाडि त्यहाँ सँसारकै प्रतिष्ठित भ्याक्सिन विकास गर्ने र उत्पादन गर्ने कम्पनि हुनु एउटा कारण हो ।

जसमध्ये एउटा हो दक्षिणी भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया । यो सँसारकै सबैभन्दा ठूलो भ्याक्सिन निर्माणकर्ता कम्पनि हो । यसले सँसारमा सबैभन्दा बढी मात्रामा भ्याक्सिन विक्री गर्ने गर्छ ।

सेरमको पुणेमा भ्याक्सिन बनाउने प्लान्ट छ । यसले विश्वप्रतिशत प्रयोगशाला र विश्वविद्यालयहरुसँग साझेदारी गरी भ्याक्सिनको विकास गर्छ । भारतबाहिर चेक गणतन्त्र र नेदरल्यान्डमा पनि यसको प्लान्ट छ जसमा ७ हजार मानिसले रोजगारी पाएका छन् । यसका मालिक साइरस एस पुनावाला विश्वकै अर्बपतिको सुचीमा १७० नम्बरमा छन् । उनी भारतका सातौ घनाढ्य हुन् ।

सेरम कम्पनि अहिले अमेरिकासँग मिलेर भ्याक्सिनको विकास गरिरहेको छ । दुई देशका कम्पनि मिलेर विकास गरिरहेको भ्याक्सिनको मानवमाथि परीक्षण शुरु हुँदैछ । सेम्टेम्बरसम्म मानवमाथि परीक्षण हुने जनाइएको छ । यो कम्पनिले भ्याक्सिन विकासमा धेरै सफलता हासिल गरेकाले विश्वको ध्यान गएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पम्पिओले भारत र अमेरिका मिलेर भ्याक्सिनको विकास गरिरहेको खुलासा गरिसकेका छन् । यी दुई देशले डेंगु, इन्फ्लुन्जा, क्षयरोगलगायतका रोगविरुद्ध महत्वपूर्ण उपब्धि हासिल गरिसकेका छन् । डेंगुको भ्याक्सिन पनि विकास गर्दैछन् ।

भारतका कम्पनिहरु विश्वका अधिकांश देशहरुमा भ्याक्सिन आपूर्ति गर्दछन् । जसमध्ये सेरमले मात्र १६५ देशमा २० प्रकारका भ्याक्सिन आपूर्ति गर्दछ । सँसारमा सबैभन्दा सस्तो र प्रभावकारी भ्याक्सिनको विकास गर्ने कम्पनिमा पर्दछ सेरम ।

भारतमा भ्याक्सिन विकासमा दिग्गज वैज्ञानिकहरु रहेकाले पनि यहाँका कम्पनिहरु सफल रहेका छन् । यसकारण पनि विश्वको ध्यान अहिले भारततर्फ गएको हो ।