यसैहप्ता पृथ्वी नजिकबाट गुज्रने क्षुद्रग्रहको तस्बिर सार्वजनिक, मास्क जस्तै देखियो

यसैहप्ता पृथ्वी नजिकबाट गुज्रने क्षुद्रग्रहको तस्बिर सार्वजनिक, मास्क जस्तै देखियो

यसैहप्ता पृथ्वी नजिकबाट गुज्रने ठानिएको क्षुद्रग्रहको तस्बिर सार्वजनिक भएको छ । झन्डै २ किलोमिटर फराकिलो र १.०२ लामो क्षुद्रग्रहको तस्बिर मानिसले लगाउने मास्क जस्तो देखिएको प्युर्टो रिकोस्थित अरेकिबो अब्र्जभेटरीले तस्बिरहरु सार्वजनिक गर्दै जानकारी दिएको छ।

यसैहप्ताको बुधबार पृथ्वीको नजिक आउने यस क्षुद्रग्रह पृथ्वीसँग भने नठोक्किने वैज्ञानिकहरुलाई उदृत गर्दै सीएनएनले जनाएको छ।

सन् १९९८ मै वैज्ञानिकले यस क्षुद्रग्रहलाई अन्तरिक्षमा रहेको पत्ता लगाएका थिए।

Covid-19 can cause sudden stroke amongst the young

यस क्षुद्रग्रहको नाम ५२७६८ ‘१९९८ ओआर२’ राखिएको छ। नासका अनुसार यस क्षुद्रग्रह पृथ्वी र चन्द्रको दुरीभन्दा १६ गुणा टाढाबाट गुज्रनेछ।

वैज्ञानिकले यस क्षुद्रग्रहले प्रतिघण्टा १९ हजार ४६१ माइलको दुरीतय गर्ने जनाएका छन् । यदी यो पृथ्वीमा खस्ने भए यसले पृथ्वीको पर्यावरणमा ठूलो असर गर्ने बताइएको छ।