कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, २४ घण्टामा कहाँ कतिको मृत्यु ?

कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, २४ घण्टामा कहाँ कतिको मृत्यु ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ३० लाख ३६ हजार ७ सय ७० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ६९ हजार ७ सय ४६ नयाँ संक्रमित थपिएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म २ लाख १० हजार ८ सय ४२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार १ सय ९६ जना संक्रमित थपिएका छन् भने १ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ४ सय ६७ पुगेको छ भने मृतकको संख्या ५६ हजार १ सय ६४ पुगेको छ ।

यस्तै स्पेनमा सोमबार मात्रै २ हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ३१ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख २९ हजार ४ सय २२ पुगेको छ भने २३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३९ जना संक्रमित थपिएका छन् भने ३ सय ३३ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ९९ हजार ४ सय १४ पुगेको छ भने मृतकको संख्या २६ हजार ९ सय ७७ पुगेको छ ।

फ्रान्समा सोमबार मात्रै ३ हजार ७ सय ४२ जना नयाँ संक्रमित थपिदा ४ सय ३७ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६५ हजार ९ सय ६२ जना संक्रमित भएका छन् भने २३ हजार ३ सय २७ जनाको मृत्यु भएको छ ।

जर्मनमीमा पछिल्लो २४ घण्टामा ९ सय ८८ मा कोरोना पुष्टि भएको छ भने १ सय ५० जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या १ लाख ५८ हजार ४ सय ३४ पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ६१ रहेको छ ।

यस्तै बेलायतमा सोमबार मात्रै ४ हजार ३ सय ९ जना नयाँ संक्रमित थपिदा ३ सय ६० जनाको मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म १ लाख ५८ हजार ३ सय ४८ जना संक्रमित हुँदा २१ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।

टर्कीमा संक्रमितको संख्या १ लाख १२ हजार २ सय ६१ पुगेको छ भने २ हजार ९ सय जनाको मृत्यु भएको छ । टर्कीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ३१ जना संक्रमित थपिदा ९५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ भने मृतकको संख्या ९ सय ३९ पुगेको छ । सोमबार मात्रै भारतमा १ हजार ५ सय ६१ जना संक्रमित हुँदा ५८ जनाको मृत्यु भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित भेटिएका छैन् । नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।