सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो

सामाजिक दूरी कायम गर्न भारतमा छाता बाँडियो

भारतमा सामाजिक दूरी कायम गर्न नयाँ उपाय अपनाइएको छ । भारतको दक्षिणी राज्य केरलस्थित एक गाउँमा कोरोना भाइरसबाट बच्न सामाजिक दूरी कायम गराउन सहयोग पुग्ने उद्देश्यले स्थानीयलाई छाता वितरण गरिएको छ।

छाता ओढ्दा मानिसहरु एकअर्काको नजिक आउन नपाउने र कम्तीमा एक मिटरको दूरी कायम हुने भएकाले छाता बाँडिएको बताइएको छ । यहाँ करिब १० हजार छाता बाँडिएको स्थानीय अनलाइन पत्रिका लाइभमिन्टले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९ हजार ४५१ पुगेको छ । ९३९ जनाले कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाएका छन् ।