भारतमा लकडाउन लम्ब्याउन मोदीलाई मुख्यमन्त्रीहरुको सुझाव

भारतमा लकडाउन लम्ब्याउन मोदीलाई मुख्यमन्त्रीहरुको सुझाव

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी महिना पनि कोरोना भाइरसको प्रभाव उत्तिक्कै रहने बताउँदै मानिसहरुमा अनुहारको मास्क जीवनको हिस्सा बन्दै जाने बताएका छन् । प्रधानमन्त्री मोदीले सोमबार मुख्यमन्त्रीहरुसँग गर्नुभएको भिडियो कन्फ्रेन्सका क्रममा उनले सो कुराको दाबी गरेका हुन् ।

प्रधानमन्त्री मोदीले मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसबाट उत्पन्न अवस्था र अर्थव्यवस्थाका बारेमा छलफल गरेका थिए । उनले कोरोना भाइरसविरुद्धको लडाईँसँगै देशको अर्थतन्त्रलाई पनि महत्व दिनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा अधिकांश मुख्यमन्त्रीहरुले लकडाउन जारी राख्न सुझाव दिँदै हटाउनका लागि निकै सावधानी अप्नाउनुपर्नेमा जो दिएका थिए । तर उनीहरुले आथिर्क गतिविधिलाई भने विस्तारै सुरु गर्नुपर्ने सुझाव प्रधानमन्त्री मोदीलाई दिएका थिए ।