श्रीमान बेच्न एक महिलाले निकालिन् सूचना

श्रीमान बेच्न  एक महिलाले निकालिन् सूचना

कोरोना भाइरसको महामारीले विश्वका कयौं मुलुकहरु लकडाउनमा रहदा करोडौँ मानिसहरु घरभित्रै बस्न बाध्य छन् ।

लकडाउनका कारण सम्बन्ध बिच्छेद बढी हुनेदेखि गर्भवती हुनेहरुको संख्या समेत बढ्ने विशेषज्ञहरु आकलन गरिरहदा श्रीमान बिक्रीमा भन्ने पोर्चुगलको एउटा तस्वीर अहिले भाइरल भइरहेको छ ।

पोर्चुगलको लिस्बनमा बस्ने एक जोडीहरु २४ सै घण्टा सँगै बस्नुपर्दा हैरान भएका छन् । यसैकारण उनकी श्रीमतीले घरको बाहिर एउटा बोर्डमा आफ्ना श्रीमान बेच्न चाहेको लेखेर टाँसेकी छन् ।

लकडाउनमा श्रीमानसँग बस्दा धेरै किचकिच भएको तथा झैझगडा भएकाले उक्त सूचना लेखेर टाँसेको उनले बताएकी छन् ।