के गर्भमै हुनसक्छ शिशुलाई कोरोना संक्रमण?

के गर्भमै हुनसक्छ शिशुलाई कोरोना संक्रमण?

कोभिड-१९ एक नयाँ भाइरस भएकाले यसका बारेमा धेरै जिज्ञासाहरु आइरहेका छन्। गर्भवती महिला र उनको पेटमा रहेको बच्चामा यसको असर पर्छ कि पर्दैन अनुसन्धान खोजी भइरहेको छ। 

यो विषयमा अलग–अलग घटना देखिइरहेका छन्।  कुनैमा गर्भवतीमा कोरोना संक्रमण भए पनि बच्चा स्वस्थ्य रहेको पाइएको छ। कुनैमा आमा स्वस्थ भए पनि जन्मेका बच्चामा संक्रमण भएको पाइएको छ।

अनि आमा कोरोना भाइरस संक्रमित र बच्चा जन्मेको केही घन्टामा उसमा पनि कोरोना संक्रमण भएको पाईएको छ। कोरोना भाइरस संक्रमण भएका आमाहरुले बच्चा जन्माएको केही घन्टापछि बच्चामा सरेको पाइएको छ। यस्तोमा प्रश्न उठेको छ–बच्चालाई आमाको गर्भमै कोरोना भाइरस भएको थियो? यस्तो सम्भव छ?

यस सम्वन्धमा इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च९आइसीएमआर०को एक अध्ययन सार्वजनिक भएको छ। उक्त अध्ययनमा आमाको गर्भमै बच्चामा कोरोना भाइरस संक्रमण हुनसक्ने निष्कर्ष निकालिएको छ। 

‘प्राप्त प्रमाणहरुले आमाको गर्भभित्रै कोरोना भाइरसको संक्रमण बच्चामा सर्ने देखिएको छ ’ आईसीएमआरको प्रतिवेदनमा भनिएको छ, ‘तर सबै घटनामा यस्तै हुनुपर्छ भन्नेचाहिँ छैन।’ कुन स्तरको संक्रमण हुन्छ र बच्चामा कति प्रभाव पर्छ भन्नेचाहिँ थाहा हुन सकेको छैन।

आमाबाट बच्चामा कसरी सर्छ भाइरस?

एक आमााबाट उनको पेटमा रहेको बच्चामा कुनै भाइरस अलग–अलग तरिकाले सर्न सक्छ। यो आवश्यक छैन कि गर्भमै संक्रमण होस्। यस सम्वन्धमा स्त्रीरोग विशेषज्ञ डा शालिनी अग्रवालले यसबारेमा अध्ययन भइरहेकाले यसै भन्न नमिल्ने बताइन्।