कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि…

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि…

सारा विश्वमा कोरोना भाइरस महामारीका कारण मानिसहरुको जीवन त्रस्त बनेको छ । ३१ डिसेम्बर सन् २०१९ मा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका २१० देशमा फैलिइसकेको छ ।

महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ३ हजार ५९६ जनाको ज्यान गएको छ भने २९ लाख ३१ हजार ९२३ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरसबाट प्रताडित देशहरुका अस्पतालमा शवहरुको खात लागेको छ । मानिसहरु आफ्ना आफन्तको अन्तिम संस्कार पनि राम्रोसँग गर्न सकिरहेका छैनन् ।

यसैबीच भर्खरै आएको एउटा खबरले मानिसको निन्द्रा हराम गरेको छ । कोरोना भाइरसका कारण एक महिना अगाडि मृत्यु भएको भनिएकी एक महिला जीवितै भेटिएपछि सबै आश्चर्यमा परेका छन् ।

उक्त महिलालाई अस्पतालले १ महिना अगाडि नै मृतत घोषित गरेको थियो । जसका कारण परिवारले उनको अन्तिम संस्कार पनि महिना दिन अगाडि नै गरिसकेका थिए ।

एक महिना पहिला अस्पतालले मृत घोषित गरेका थिए

यो घटना इक्वेडरको हो । त्यहाँ एक ७४ वर्षीया वृद्धालाई महिना दिन अगाडि नै अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए । उनलाई अस्पतालमा बेहोस भएको अवस्थामा भर्ना गरिएको थियो ।

उनलाई खोकी तथा श्वासप्रश्वासमा समस्या भएको भन्दै अस्पतालमा परिवारले भर्ना गरेका थिए । शनिवार जब परिवारलाई उनको बारेमा अस्पतालले फोन गर्यो तब परिवारको खुशीको कुनै सिमा रहेन ।

महिलाका परिवारले अन्य कसैको शवलाई सम्झिएर उनको अन्तिम संस्कार गरेका थिए । उनको नाम अल्बा मारुरी रहेको छ ।

एक महिना अगाडि अस्पतालको प्रशासनले उनका आफन्तहरुलाई मुर्दाघरमा एक अन्य शवलाई देखाएर उनको पहिचान गराएका थिए ।

कोरोना भाइरससँग डराएका कारण उनको नजिक कोहि पनि गएनन् र टाढैबाट उनको अन्तिम संस्कार गरे । टाढाबाट हेर्दा उनीजस्तै लागेर परिवारले अन्तिम संस्कार गरिदिए ।

कपाल तथा छालाको रंग मिल्दोजुल्दो देखिएपछि उनका आफन्तले अन्तिमसंस्कार गरेका थिए ।

अस्पतालविरुद्ध मुद्धा हाल्ने योजना

परिवारले करिव डेढ मिटर टाढाबाट शव हेरेका थिए । कपाल र छाला मिलेको कारणले गर्दा परिवारको उक्त शव अल्बाको सम्झिएर अन्तिम संस्कार गरेका थिए ।

त्यसको एक महिना पटि अल्बालाई होश आयो र उनले डाक्टरलाई आफ्नो बारेमा बताइन् । त्यसपछि अस्पतालले उनका आफन्तहरुलाई सम्पर्क गरे ।

उनी नमरेको थाहा पाएपछि आफन्तले अहिले अस्पतालविरुद्ध मुद्धा हाल्ने तयारी गरेका छन् ।