इटलीमा संक्रमितको संख्या २ लाख नाघ्यो

इटलीमा संक्रमितको संख्या २ लाख नाघ्यो

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक इटलीमा संक्रमितको संख्या २ लाख नाघेको छ।

इटालीको सिभिल प्रोटेक्सन एजेन्सीले जनाएअनुसार मर्ने र निको हुनेसहित हालसम्म २ लाख १ हजार ५ सय ५ जना संक्रमित भएका छन्।

इटलीमा हालसम्म २७ हजारभन्दा बढीको ज्यान गइसकेको छ। सोमबार इटलीमा संक्रमितको संख्यामा केही कमी आएको जनाइएको छ।

अमेरिका र स्पेनमा मात्र इटलीभन्दा धेरै संक्रमित भएका छन्। अमेरिकामा १० लाख र इटलीमा सवा २ लाख मानिस संक्रमित भएका छन्।