लुडो खेल्दा जितेको भन्दै श्रीमानले गरे श्रीमतीलाई रामधुलाई

लुडो खेल्दा जितेको भन्दै श्रीमानले गरे श्रीमतीलाई रामधुलाई

कोरोना भाइरसको महामारीका कारण अहिले सारा विश्व तहसनहस बनेको छ । जसका कारण विश्वका अधिकांश देशहरुले महामारी फैलिनबाट रोक्नका लागि पूरा देश लकडाउन गरेका छन् ।

यसैबीच भारतमा समय बिताउनको लागि एक विवाहित जोडीले लुडो खेल्ने फैसला गरे । भारतको गुजरातमा एक जोडी लकडाउनमा समय बिताउन भनेर लुडो खेल्न थाले ।

खेल्दै जाँदा जब श्रीमतीले खेलमा जित्न लागिन् तब उनले श्रीमतीलाई रामधुलाई हुने तरिकाले पिटेका छन् । महिलाको श्रीमानले पिटेका कारण हड्डी भाँचिएको छ र उनलाई अहिले अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

१८१ अभयम हेल्पलाइनमा उक्त केसको बारेमा जानकारी पाइएपछि घटना सार्वजनिक भएको थियो । २४ वर्षीया वेमालीमा बस्दै आएकी ति महिला ट्युशन पढाउने काम गर्थिन् ।

उनका श्रीमान भने एक इलेक्ट्रिोनिक कम्पनीमा काम गर्दछन् । तीन राउण्ड श्रीमतीले लगातार जितेपछि श्रीमानलाई रिस उठ्दै गएको र उनले हड्डी भाँचिने गरेर पिटेको श्रीमतीले बताएकी छन् ।

गल्ती भएको भन्दै पछि श्रीमतीलाई बोकेर उनी अस्पताल पुगेका थिए । अस्पतालमा आफूले गल्ती गरेको भन्दै माफी पनि मागेका छन् ।