प्रतिउत्पादक नेकपा र कचिंगल

प्रतिउत्पादक नेकपा र कचिंगल

यतिबेला आफ्नै महारथीहरुबाट सडयन्त्र र जाल्झेलको भुमरीमा फसेको नेकपाकाे जीवनमा उत्पन्न संकटको स्वार्थपूर्ण निकास दिन नेताहरु अहोरात्र दौडधुप गरिरहेका छन् । बढ्दै गएको विवाद सुल्झाउने प्रयास पनि जारी देखिन्छ ।

नेकपाका केहि नेता त ओली षडयन्त्र र प्रचण्ड जालझेलको रणनीति अन्तिमसम्म प्रयोग हुने आकलन गर्छन् । गुट बनाउन र षडयन्त्र गर्न माहिर ओली प्रचण्ड बिरुद्धको यो लडाइँ चाँडै र सहज रुपमा टुंगिने देख्दैनन् केहि नेताहरु । अझ दोस्रो तहका नेताले त कुशलतापूर्वक लड्नुपर्ने आवस्यकता नै ठानेका छन् ।

वास्तवमै यतिबेला पार्टी सत्ता र राज्यसत्ता दुबै तरवारको धारमा छ । प्रयोग गर्न सक्ने कसले भन्ने बहस गहिरो रुपमै देखा परेको छ । के ओलीले आफ्नो घाँटीमा झुन्डिएको खतराको घन्टीको डोरी चुँडाल्न सक्लान त ? के प्रचण्ड जालझेललाई अन्तिम प्रयोगसम्म पु¥याउन सक्छन् त ? के प्रचण्ड–ओली लडाईमा अन्तिम ह्याट्रिक माधवले मार्लान त ? कति घटनाक्रम विकास हुन सक्छन् त ? अझै केहि दिन बडा रोमाञ्चक राजनीतिक परिदृस्य हेरिरहनु पर्ने देखिन्छ नेकापाका नेता कार्यकर्ताले ।

अध्यादेश पछिको राजनीतिक संकट मात्र केपि ओलिलाई आइलागेको छ । वास्तबमा यतिबेला ओली अस्त्र प्रचण्ड र माधवमध्ये एक मिलाउने मै रहेको देखिन्छ । तर पनि ओली संकटको गहिराइमा पुगिसकेका छन् । यो महासंकट टार्न अहिले ओली अर्का अध्यक्ष प्रचण्ड वा माधव नेपालमध्ये एकलाई आफूतिर तान्न प्रयास गरिरहेका देखिन्छन् ।

यसमा अझ चाखलाग्दो त के छ भने प्राथमिकतामा को रहने भन्ने पनि छ । अन्तिममा ओली ले नजिकको देउता नै रोज्ने सम्भावना बढि छ । प्रचण्ड र माधव पक्षलाई समानान्तर संवादमा राख्ने तर रणनीतिक हतियार प्रचण्ड हुँदै माधव नेपालमा आएर अहिलेको संकट तत्कालका लागि टुङ्याउन सक्छन् ओलीले ।

जस्को परिणाम फेरि नेकपा चरम बिन्दुमा रहने छ । किनकी माधव ओली एक भएमा प्रचण्ड झन तनावमा पर्ने छन् । केवल विकल्पमा मात्र रहने अवस्था प्रचण्डका लागि रन्थनिने अवस्था हुनेछ । तर पनि अन्ततः पूर्वएमालेहरु एक हुने छन् ।

ओलीको नेता नेपाल पक्षलाई साथ लिएर सत्ता सुरक्षित गर्ने प्रयास सफल हुने छ । र ओलीले विकल्पमा राखेका प्रचण्डलाई आगामी दिन झन् निल्नु न ओकाल्नु हुने छ । तर पनि माधवको चर्तुयाइँ र प्रचण्डको जालझेल ओलीलाई निकै अवसर रहने छ । अन्तिममा ओलीको महासंकट जोसँग मिल्दा समाधान हुन्छ, त्यसैको भरिलो आडमा टेक्ने ओलीको मिसन मुड देखिन्छ ।

तर पनि माधव नेपाल को दोहोरो चर्तुयाइँ बुझे पनि नबुझे झै गरेर ओलीले प्रचण्ड र माधवलाई मिल्न नदिने खेल खेल्ने छन् । प्रचण्ड–माधव पक्षबीचको चतुर सहकार्यलाई सकेसम्म खलबल्याउने खेलमा ओली पक्ष देखिने छन् ।

दुईमध्ये एक पक्ष सहमतिमा आओेस, नभए देखेङ्गे भन्ने रणनीतिमा ओली लाग्ने छन् र आफ्नो मिसन सफल नभएको अवस्थामा दोस्रो रणनीतिका रूपमा ओलीले प्रचण्ड र माधवलाई मिल्न नदिने खेल खेल्नेछन् ।

जस्को परिणाम त्रिपक्षीय शक्ति सन्तुलन रहने देखिन्छ । प्रचण्ड र नेपाल पक्षबीच दुरि फट्याउने र संकटको आयु पनि लम्ब्याउने । दुईमध्ये एक पक्ष अन्तिममा आफूसँग तान्ने भन्ने कौशल मा ओली रहने छन् । ?

जुन कलाकौशलले ओलीको सर्वसत्तावादको यात्रा दुई कदम अगाडि बढ्ने छ, र उनको संसदमा बहुमत पु¥याउने कोसिसमध्ये बिन्दुमा पुग्ने छ, त्यसको परिणाम ओलीका लागि दुर्भाग्य हुने छ । उनी अल्पमतको भयंकर सिकार बन्ने छन् ।

त्यस अवस्थामा प्रचण्ड र माधव समीकरण कायम रहे उनी नत सचिवालय न स्थायी समिति न केन्द्रीय समिति, सबैमा अल्पमत हुनेछन् । यति मात्र होइन प्रचण्ड (माधव समीकरण एक हुँदासम्म ओली संसदीय दलमा पनि अल्पमतमै हुनेछन् ।

तर सरकारको अन्तिम प्रयोगबाट भए पनि संसदीय दलमा बहुमत पु¥याउने प्रयासमा ओली रहन्छन नै । अल्पमत भए पनि संसदको बहुमत र्पुयाएर प्रधानमन्त्री भइरहने दाउपेच मा ओलि देखिन्छन । त्यसका लागि उनले चोर बाटो आपनाउने छन् । जस्को चोर सिकारमा पूर्वमाओवादी खेमाका केहि सांसद पर्ने छन् । जुन संकेत केहि पुर्व माओवादी बन्डलले देखाइसकेका छन् ।

संसदमा बहुमत पु¥याउन ओलीले अनेक जालझेल र चर्तुयाइँ अपनाउने छन् । डा.सुरेन्द्र यादव घटना र राजपा समाजवादी दल फुटाउने प्रयास त्यसैको कडी हो । कतिपय नेता ओलीले सत्ता जोगाउन कतिसम्म गर्न सक्छन् भन्ने बुझे पनि मुखदर्शक नै रहने छन् ।

ओलीको षडयन्त्र गर्ने र भत्काउन सक्ने खुबी अझ प्रकट हुने छ र प्रचण्ड माधव पक्ष यति चनाखो हुनुपर्ने देखिन्छ कि कौवाको फुल चोर जस्तो । एकातिर भयको राजनीति पनि सुरु भएको छ । प्रधानमन्त्री ओली पार्टी नेतामा भय र त्रास देखाउन चाहन्छन् ।

अर्थात, संसदीय प्रक्रियाबाट प्रधानमन्त्री विस्थापित गर्ने खेल थालिए पार्टी विभाजनको संघारमा पुग्नेछ भन्ने खालको त्रास भयको कार्ड फाल्ने छन् । र ओलीले पार्टी विभाजनको भय सिर्जना गरेर प्रक्रिया पद्दति रोक्ने प्रयत्न गर्नेछन् । पार्टी विभाजनको भयले असहमत पक्ष प्रचण्ड माधव पनि एक कदम पछाडि सर्ने छन् भन्ने बुझाइ रहेको देखिन्छ ।

साथै पार्टी विभाजनको भय सिर्जना गर्न सकियो भने दोषको पल्ला असहमत पक्षमा जान सक्छ । यो बुझाइलाई गलत सावित गर्न यद्यपि पूर्वएमाले धार जोगाउने अभियान एकथरीले चलाएका छन् । जस्क कारण पूर्वमाओवादी धारमा निकै भय र त्रास सिर्जना भएको छ ।

क्षण भर मै आकाश मडारिने क्षण मै क्षितिजपारि घाम लाग्ने नेकपाको तातिएको राजनीतिक मौसम कतै अन्धकारमा परिणत त हुन्न सबैको चासो आगामी दिन मै छ । कार्यकर्ताको निराशाजनक र उराठ लाग्दो बहस सुन्दा त लाग्छ बिशाल नेपाली कम्युनिस्ट सकिइ नै सक्यो ।

कतिपय त शीर्ष नेताले आराम गरेर बसिदिए हुन्थ्यो भनेर गुनगुन गर्दै बस्न थालेका छन् । तर पनि संकट झन महा संकट मा प्रकट हुदै छ नेकपा मा । ?

प्रधानमन्त्री ओली अन्तिम विकल्पस्वरूप जेसुकै अवस्थाको पनि सामना गर्ने मुडमा देखिन्छन् । जुन कुरा केहि दिन अगाडी बालुवाटारमा सांसदसँगको छलफलमा पनि ओलीले त्यसको संकेत दिएका छन् ।

त्यहाँ सम्मिलित सांसदको विश्लेषण अनुसार ओली संसद विघटन, संकटकाल घोषणा वा पार्टी विभाजन गर्ने जुनसुकै अवस्थामा जाने मनस्थितिमा देखिन्छन् । अझ भित्री समुहसंग त ओलीले अध्यक्ष र प्रधानमन्त्री कुनै पद नत्याग्ने सुनाइ सकेका छन् । र केहि सांसदलाई यतिबेला जुनसुकै अवस्था आउन सक्छ, सम्भावनामा जुध्न तयर रहन पनि

भनेको सुनिन्छ । राजनीतिक विश्लेषकहरुको भनाईले त झन् ओली संकटकाल लगाएर संगै चुनावी सरकारका रूपमा कम्तीमा एक वर्ष सत्तामा रहिरहन सक्छन् । जुन सम्भावना होला नहोला, तर ओलीले राष्ट्रपति, प्रधानन्यायाधीशसँगको निरन्तर संवाद र सुरक्षा निकायका प्रमुखसँग लिइरहेको ब्रिफिङले परिस्थिति अनुकूल बनाउने प्रयासमै देखिन्छन ।?

नेकपाभित्र भित्री कचिंगलको बार्गेनिङ कथा पनि सुरु भएको छ । ओली पक्षले माधव नेपाललाई फकाउन अनेक कार्ड पनि फाली रहेका छन् । पहिलो कार्ड अर्लि महाधिवेशन वा घोषित महाधिवेशनपछि अध्यक्ष बनाउने । दोस्रो कार्ड केहि थान प्रदेशको मुख्यमन्त्री हेरफेरमा नेपाल पक्षलाई दिने ।

तेस्रो कार्ड संघीय मन्त्रिपरिषद पुनर्गठन गर्ने नेपाल पक्षका नेताहरू थप्ने । चौथो कार्ड पार्टी सचिवालयको संख्या थप्ने नेपाल पक्ष का राख्ने र पाचौ कार्ड प्रधानमन्त्रीको सचिवालय पनि हेरफेर गर्ने । यस प्रकारका माग पुरा गरे नेपाल पक्षले प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई निरन्तर टेको दिनुपर्ने । तर नेपाल पक्षले अहिले त्यसमा चित्त बुझाउने संकेत अहिलेसम्म देखाएको छैन ।

सम्भवतः माधव मौका यहि हो भन्नेमा छन् । उनी समस्या समाधानको विकल्प एक पद एक व्यक्तिमै देख्छन् । तर के ओली एक पद एक ब्यक्तिमा जान्छन त ? बडा कठिन प्रश्न लाखौ नेकपा नेता कार्यकर्ता मै उभिएको छ ।?

विकल्प नभए नेताहरु ढिलाइ रणनीतिको सहारा लिन्छन् । प्रधानमन्त्री केपी ओली अहिले त्यस्तै रणनीतिमा देखिएका छन् । अध्यादेश काण्डमा ओलीको लोकप्रियता खस्केको भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदतिर आँखा लगाउनेमा माधव नेपाल र प्रचण्ड दुबै छन् ।

तीन दिनदेखि निरन्तर सचिवालय बैठक सार्दै आएका ओली बैठक बोलाउन बाध्य भएका हुन् । सकेसम्म स्थायी समिति बैठक तोक्ने भनिए पनि ओलीको दाउ त्यसलाई समेत टार्नेमा छ । यसप्रकार अन्ततः ओली अन्तिम लडाइँमा पुगेका छन र अन्तिमबिन्दु सम्म लड्ने मनस्थितिमै देखिन्छन् ।

यता प्रचण्ड–माधव पक्ष ओलीलाई एक ब्यक्ती एक पदको अडानले गलाएर दुबै पदबाट ओराल्न चाहन्छन् । र, ओली दुबै पद छाड्ने पक्षमा छैनन् । परिणाम नेकपा त संकट मा पर्छ नै देश पनि फेरि दलदलमा फस्ने छ ।

त्यस अवस्थामा जनताको मुहार फेरि एकपटक मलिन हुनेछ । राजनीतिक स्थिरता गुम्ने छ । अस्थिरतामा खेल्ने शक्ति फेरि जुरमुराउने छन । जनताका समृद्धि विकासका परिकल्पनामा फेरि सन्नाटा छाउने छ । कयौ भविस्य अन्धकारमा डुब्ने छन् ।

तसर्थ बेलैमा जुटौ, फेरि सोचौ सुनौलो सपना तपाई हाम्रै अगाडी छ । भागबन्डामा देश र जनतालाई नदाजौ‌ । शाह सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष हुन् ।