चर्चित बलिउड अभिनेता इरफान खानको निधन

चर्चित बलिउड अभिनेता इरफान खानको निधन

बलिउड अभिनेता इरफान खानको निधन भएको छ । खानको मुम्बईको कोकिलाबन धीरुभाई अस्पतालमा निधन भएको हो ।

अभिनेता इरफान खानलाई मंगलवार पेटमा दुखेको भन्दै अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो ।

सोमवार मात्र उनकी आमा सईदा बेगमको मृत्यु भएको थियो । स्वास्थ्य समस्याका कारण उनी आमाको अन्तिम संस्कारमा समेत उनी जान सकेका थिएनन् ।

उनकी आमा सईदाको ९५ वर्षको उमेरमा निधन भएको हो । ५३ वर्षीय अभिनेता इरफान खान लगभग दुई वर्षदेखि रोगसँग लडिरहेका थिए । रोग निको नभएको कारण उनी इंग्ल्याण्डमा समेत उपचार गराउन पुगेका थिए ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनी लामो समयदेखि फिल्म क्षेत्रमा देखिएका थिएनन् । हाले मात्र उनको फिल्म ‘अंग्रेजी मिडियम’ रिलिज भएको थियो ।