टिभीको प्रत्यक्ष प्रशारणमा प्रस्तोताले पाइन्ट नलगाई कार्यक्रम चलाएपछि…

टिभीको प्रत्यक्ष प्रशारणमा प्रस्तोताले पाइन्ट नलगाई कार्यक्रम चलाएपछि…

कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश मानिसहरु आफ्नो घरबाटै काम गरिरहेका छन् । मानिसहरु घरबाट अफिसको काम गर्दाको मजा छुट्टै हुन्छ भन्ने धारण राख्ने गर्दथे । तर लकडाउनको यो लामो समयले भने अफिसको काम घरमा बसेर गर्दा दिक्क भएका छन् ।

घरको सोफा वा बिस्तारामा सुतेर अफिसको काम गर्ने मानिस पनि यतिबेला धेरै छन् । तर टिभीमा काम गर्नेहरुलाई भने त्यो सुविधा छैन । किनभने टिभीमा लाइभ रिपोर्ट गर्नुपर्दछ ।

एक न्युज रिपोर्टरका साथ पनि केहि त्यस्तै भएको छ । जसका कारण उक्त व्यक्ति सोसल मिडियामा मजाकको पात्र बनेका छन् ।रिपोर्टर विल रीव मंगलवार गुड मर्निङ अमेरिकामा लाइभ प्रशारणका बेला बिना पाइन्ट नै कार्यक्रममा आईपुगे । उनलाई लाइभ प्रोग्राममा बिना पाइन्ट बसेको देख्न सकिन्छ ।

विल रीव शुरुमा गुड मर्निङ अमेरिकामा सूट लगाएको देखिएका थिए । तर दर्शकले ध्यान दिएर हेर्दा भिडियोमा बिना पाइन्ट लाइभ कार्यक्रममा बसेपछि हासीमजाकको पात्र बनेका छन् । ट्विटरमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।