बलिउड अभिनेता इरफान खानको अन्त्यष्टि, अन्तिम संस्कारमा २० जना सामेल

बलिउड अभिनेता इरफान खानको अन्त्यष्टि, अन्तिम संस्कारमा २० जना सामेल

बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि गरिएको छ । बुधबार निधन भएका इरफानको आज साझँ मुम्बईमा अन्त्येष्टि  गरिएको हो ।

भारतीय मिडियाका अनुसार उनको अन्तिम संस्कारमा २० जना मात्रै उपस्थित रहेका थिए । इरफानको बुधबार बिहान कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसीयूमा उपचारको क्रममा निधन भएको थियो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर उनको अन्त्यष्टि गरिएको जनाइएको छ ।

अन्तिम संस्कारमा परिवार, नजिकका आफन्त र साथीमात्र सामेल भएका थिए । मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार निधन भएको हो । ४ दिनअघि मात्र इरफानकी आमाको निधन भएको थियो ।