इटालीमा कोरोना भाइरसले २ लाख ३ हजार बढी संक्रमित

इटालीमा कोरोना भाइरसले २ लाख ३ हजार बढी संक्रमित

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ३२३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २७ हजार ६८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ३ हजार ५९१ पुगेको छ । इटालीमा संक्रमितमध्ये ७१ हजार २५२ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ४ हजार ६५७ जनामध्ये १ हजार ७९५ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।