यसरी छुटाउनुस् रक्सीको ‘ह्याङओभर’

यसरी छुटाउनुस् रक्सीको ‘ह्याङओभर’

काठमाडौँ : कहिलेकाहीँ पार्टीमा बढी नै रक्सी पिउँदा भोलिपल्ट बिहान टाउको भारी भएको अनुभव हुन्छ । छटपटी जस्तो हुने अनि बान्ता आउला जस्तो हुने स्थितिलाई ह्याङओभर भनिन्छ ।

खासमा पार्टीमा धेरै मात्रामा वा फरक फरक किसिमका रक्सी पिउँदा बिहान ह्याङओभर हुन्छ । यस स्थितिमा एल्डोस्टेरोन र कार्टिसोल जस्ता हर्मोनहरूको स्तरमा परिवर्तन आउँछ र यसैकारण ह्याङओभर हुन्छ ।

एक अनुसन्धानले पत्ता लगाएअनुसार, वृद्धहरूको तुलनामा युवाहरूमा ह्याङओभरको समस्या बढी हुन्छ ।

साठी एमएल वा दुई पेगभन्दा बढी रक्सी पिउँदा दिमागको न्युरोनमा असर पर्छ । यसबाट शरीरका अंगहरूमा दिमागले सही समयमा संकेत पु–याउन सक्दैन र व्यक्ति नियन्त्रण गुमाउन पुग्छ । कडा रक्सीको असर आठ घन्टासम्म रहन्छ ।

गाढा रंगको रक्सी पिउँदा कडा ह्याङओभर हुने एक अनुसन्धानले देखाएको छ । भोड्काको तुलनामा बीयर पिउँदा ह्याङओभर बढी हुन्छ । बीयरभन्दा ह्विस्की बढी गाढा हुनाले त्यो पिउँदा धेर ह्याङओभर हुने सम्भावना रहन्छ ।

पुरुषको तुलनामा महिलालाई ह्याङओभरको समस्या बढी हुने एक अनुसन्धानले देखाएको छ । महिलाको शरीरमा पानीभन्दा बढी फ्याट हुने र रक्सी फ्याटमा छिट्टो घुल्ने भएकाले महिलालाई ह्याङओभरले बढी सताउँछ ।

ह्याङओभर हुँदा कागती, नून र चिनी मिसाएर पिउनुस् अनि बेस्सरी पानी पिउनुस् ।

साइट्रिक एसिडयुक्त फल कागती, सुन्तला, नासपाती, भुइँकटहर वा अम्बा खानुस् वा यिनको जुस बनाउनुस् । यसले पनि ह्याङओभर ठीक पार्छ ।

ह्याङओभर भएमा बिहान एक गिलास दूधमा केरा र मह मिसाएर मिल्कशेक बनाउनुस् र पिउनुस् ।

अदुवाले पनि ह्याङओभर हटाउन मद्दत गर्छ । त्यसैले पानीमा अदुवा उमाल्नुस् र त्यसमा कागतीको रस मिसाएर पिउनुस् ।

त्यसबाहेक अदुवाका टुक्रामा कागती र बीरेनून लगाएर चुस्दा पनि ह्याङओभर हट्छ ।

नरिवलपानी पिउँदा पनि ह्याङओभर हट्छ ।

सकेसम्म रक्सी नपिउनुस् । पिइहाल्नुभयो भने ह्याङओभर हुन नदिनका लागि माथि बताइएका उपाय अपनाउनुस् ।