रुसमा कोरोना भाइरसले ९७२ को मृत्यु, ९९ हजार संक्रमित

रुसमा कोरोना भाइरसले ९७२ को मृत्यु, ९९ हजार संक्रमित

४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट रुसमा ९७२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम ९९ हजार ३९९ जना संक्रमित भएका छन् ।

रुसमा एकैदिन १०५ जनाको मृत्यु भएको छ भने अरु ५ हजार ८४१ जनामा संक्रमण देखिएको छ ।सङ्क्रमितमध्ये १० हजार २८६ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका ८८ हजार १४१ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।