कोरोना भाइरस : अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९३९ जनाको मृत्यु

कोरोना भाइरस : अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ९३९ जनाको मृत्यु

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार २०१ जनाले ज्यान गुमाएका छन् ।

योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८५६ पुगेको छ । अमेरिकामा एकैदिन ३० हजार ८२५ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १० लाख ९५ हजार १९ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ५२ हजार ३२४ जना उपचारपछि निको भएका छन् ।१५ हजार २२६ जनाको अवस्था गम्भीर रहेको छ । ८ लाख ७८ हजार ८३९ जना उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।