बहराइनमा १५७ नेपाली कोरोना संक्रमित, एकैपटक ३१ जनामा देखियो संक्रमण

बहराइनमा १५७ नेपाली कोरोना संक्रमित, एकैपटक ३१ जनामा देखियो संक्रमण

बहराइनमा १ सय ५७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकै पटक ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या १ सय ५७ पुगेको बहराइनमा रहेको नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ– यसअघि १ सय २६ जना संक्रमित थिए । ३१ जना थपिएसँगै संक्रमितको संख्या १ सय ५७ पुगेको छ ।

हालसम्म बहराइनमा १ हजार ५ सय ३४ जना संक्रमित भेटिएका छन् भने ८ जनाको मृत्यु भएको छ । कोरोनाबाट बहराइनमा कुनै पनि नेपालीको भने मृत्यु भएको छैन् ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ।

समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्न समस्यामा परेका नेपालीको विवरण सङ्कलन गर्न लागिएको दूतावासले जनाएको छ।