चीनको प्रयोगशालाबाटै कोभिड-१९ उत्पत्ति भएको ट्रम्पको दाबी

चीनको प्रयोगशालाबाटै कोभिड-१९ उत्पत्ति भएको ट्रम्पको दाबी

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रयोगशालाबाटै कोरोना भाइरसको उत्पत्ति भएको दाबी दोहोर्याएका छन्।

आफूसँग त्यसको प्रमाण भएको दाबी पनि उनले गरे। वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोरोना भाइरस उत्पत्ति भएको उनको दाबी थियो। नियमित प्रेस ब्रिफिङमा एक पत्रकारले ट्रम्पलाई सोधे, ‘तपाईंले त्यस्तो केही देख्नुभएको छ, जसको आधारमा पूर्ण विश्‍वास गरिहनुभएको छ ?’ ट्रम्पले जवाफ दिए, ‘हो मैले देखेको छु।’

राष्‍ट्रपति ट्रम्पले त्यस्तो विश्‍वास किन गर्छु भनेर आफूले भन्‍न नसक्ने पनि बताए। “चीनले या त भाइरस फैलिनबाट रोक्न सकेन या त्यसलाई फैलिन दियो,” उनले भने। चिनियाँ राष्‍ट्रपति सी चिनफिङले यस मामिलामा पारदर्शिता अपनाउन नसकेको आरोप पनि उनले लगाए।