सुदूरपश्चिमका पुर्ण अशक्त भएका ब्यक्तीहरुका लागी अति आवश्यक स्वास्थ्य सामग्री सहयोग

सुदूरपश्चिमका पुर्ण अशक्त भएका ब्यक्तीहरुका लागी अति आवश्यक स्वास्थ्य सामग्री सहयोग

धनगढी : कैलाली, डडेल्धुरा र बझाङका पुर्ण अशक्त भएका ब्यक्तीहरुका लागि सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

अपागंता भएका ब्यक्तीहरुको स्वास्थ्य शुरक्षामा ध्यान दिदै सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाह, रोबिका कन्सट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक निराजन खड्का र नेपाल पारा ओलम्पिक सुदूरपश्चिम प्रदेश अध्यक्ष दीर्घ कुमार स्वाँरको आर्थिक सहयोग तथा अपागंता सहायता प्रतिस्ठान नेपालका अध्यक्ष भावानी ऐरको समन्वयमा प्रदेश सरकार मार्फत पुर्ण अशक्त भएका ब्यक्तीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

पुर्ण अशक्त भएका ब्यक्तीहरुका लागी अति आवश्यक स्वास्थ्य सामग्री प्रदेश सरकार मार्फत सहयोग गरेको सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले बताए । अपागंता भएका ब्यक्तीहरुका समस्या समाधान गर्न प्रदेश सरकारलाई समेत दवाव दिने गरी केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शाहले बताए ।