कैलालीका पत्रकारलाई पिपिई सहयोग

कैलालीका पत्रकारलाई पिपिई सहयोग

धनगढी : बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिममा फिल्डमा खटिएर काम गरिरहेका सञ्चारकर्मीहरुलाई शुरक्षा सामग्री सहयोग भएको छ । रोजगारीको सिलसिलामा क्यानडा रहेका नर बहादूर टण्डनले कैलालीका पत्रकारहरुलाई शुरक्षा सामग्री सहयोग गरेका हुन् ।

क्यानडाका लागी नेपालका पुर्ब पर्यटन दुत समेत रहेका टण्डनले ५० सेत पिपि ई, मास्क तथा ग्लोब्स सहयोग गरेका हुन् । न्युज २४ टेलिभिजनका सुदूरपश्चिम ब्युरो प्रमुख हिक्मत रावल मार्फत उनले सो सामग्री सहयोग गरेका हुन् । कोरोनाको जोखिममा रहेर काम गरिरहेका यहाँका सञ्चारकर्मीहरुका लागी शुरक्षा सामग्री आवश्यक परेको जानकारी गराएपछि टण्डनले सहयोग गरेको रावलले बताए ।

यि सामग्रीले कोरोना जोखिम क्षेत्रमा काम गर्न सहज हुने उनको बिश्वास छ । स्वास्थ्यकर्मी तथा शुरक्षाकर्मी जस्तै सञ्चारकर्मी समेत अग्र पंक्तीमा रहेर काम गरिरहेकाले शुरक्षा सामग्री अति आवश्यक रहेको पत्रकार महासघं सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुन शाहले बताए ।

जोखिम मोलेर काम गरिरहेका पत्रकारको शुरक्षाका लागी सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाई छ । धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वडको उपस्थितीमा आज उप महानगरपालिका परिसरमा स्वास्थ्य सामग्री पत्रकारहरुलाई वितरण गरिएको हो ।

सहयोग गर्ने नर बहादूर टण्डनलाई उप महानगरपालिकाका मेयर नृप बहादूर वडले धन्यबाद दिए । पत्रकारका लागी स्थानिय तहको तर्फबाट हुने सहयोग गरिरहेको र अन्य सहयोगका लागी प्रदेश सरकारकोपनि ध्यान जानुपर्ने मेयर वडकोृ भनाई छ ।