कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा

कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा

ती व्यवसायीबाट पाँच लाख ६० हजार जरिवाना असुल गरिएको छ।

कैलाली। कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ।

लकडाउन शुरू भएयता संकटको मौका छोपेर अनुचित लाभ लिने ती व्यवसायीलाई  संयुक्त बजार अनुगमन समितिले जरिवानासहित कारवाही गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने ती व्यवसायीलाई पाँच लाख ६० हजार जरिवाना गरिएको बताए।

कारवाहीमा परेका धनगढीको ग्लोबल सर्जिकल हाउसलाई पीपीई र मास्कमा कालोबजारी गरेको अभियोगमा दुई लाख, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेकोमा २०र२० हजार जरिवाना गरिएको छ।

अनुगमनका क्रममा पीपीईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत मूल्य वृद्धि गरेको फेला परेको छ।

धनगढी उपमहानगरपालिका- ६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले ग्यासमा ग्राहकबाट बढी शुल्क लिएर सिलिन्डर बिक्री गरेको पाइएपछि तीन लाख जरिवाना गरिएको छ।

सो सप्लायर्सले ग्राहकबाट एक हजार ३४० पर्ने ग्यास सिलिन्डर एक हजार ३७५ लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको प्रमुख पुनले जानकारी दिए।