अर्काको श्रीमती चोरेर विवाह

अर्काको श्रीमती चोरेर विवाह

यो विश्वभर विवाहको अनेक रीति रिवाज छन् यस्तो एक ठाउँ छ जहाँ अर्काको श्रीमती भगाएर विवाह गर्ने चलन छ । यो पश्चिम अफ्रिकाको वोदाब्बे जनजातीको परम्परा हो भने यो जनजाती मानिसहरुको पहिचान पनि हो ।

यो परम्परा अनुसार पहिलो विवाह घरको इच्छाले र दोस्रो विवाह कसैको श्रीमती चोरेर गर्ने प्रचलन छ । यसको लागि हरेक वर्ष गेरेवोल फेस्टिवलको आयोजना हुन्छ । यसक्रममा पुरुषहरु अनुहारमा रंग लगाएर आउने र विवाहित महिलालाई फकाउने गर्छन् ।

यो समयमा महिलाको पतिलाई जानकारी दिदैनन । यदि महिला मानेमा पुरुषले भगाउछ र समुदायका मानिसहरु राखेर परम्परा अनुसार विवाह सम्पन्न हुन्छ । यस्तो विवाहलाई त्यहाका मानिसहरुले प्रेम विवाह मानेर स्विकार गर्छन् ।