इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु

इटालीमा कोरोना भाइरसले २८ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख ७ हजार ४२८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ७८ हजार २४९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ९४३ जनामध्ये १ हजार ५७८ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।