स्पेनमा कोरोना भाइरसले २ लाख ४२ हजारभन्दा बढी संक्रमित

स्पेनमा कोरोना भाइरसले २ लाख ४२ हजारभन्दा बढी संक्रमित

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४२ हजार ९८८ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८१ जनाको मृत्यु भएको छ भने ३ हजार ६४८ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कुल मृतकको संख्या २४ हजार ८२४ पुगेको छ । १ लाख ४२ हजार ४५० जना उपचारपछि निको भएका छन् ।

७५ हजार ७१४ जना उपचाररत छन् । त्यसमध्ये २ हजार ५०० जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।