कैलालीमा महिलालाई बलात्कार गर्न खोजेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

कैलालीमा महिलालाई बलात्कार गर्न खोजेको आरोपमा श्रीमान र जेठाजु पक्राउ

कैलाली : महिलालाई बलात्कार गर्न खोजेको आरोपमा कैलालीमा श्रीमान र जेठाजु पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिकाकी १६ बर्षीय युवतीमाथि जवरजस्तीकरणी गर्न खोजेको भन्दै उनका १७ बर्षीय श्रीमान र जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

१ बर्ष पहिले किशोरीको मागी बिबाह भएको थियो । दाजु भाइ मिलि बलात्कार गर्न खोजेको भन्दै प्रहरीलाई उजुरी आएपछि दुबै जनालाई पक्राउ गरिएको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

१६ गते प्रहरीलाइ उजुरी आएपछि महिलालाई सेफ हाउसमा राखिएको थियो´ उनेले भने, `कोरोनाको त्रासका कारण दुबैजनालाई परिवारको जिम्मा लगाइएको हो ।´ युवती र उनका माईती पक्षले जवरजस्तीकरणी उद्योगमा मुद्धा दिएपछि दुबै जनालाई पुन पक्राउ गरि जिल्ला ल्याइएको उनले बताए। उनिहरुको आइतबार म्याद थप गरिने उनले जानकारी दिए ।

यसैबीच सोही मुद्धा मिलाइदिन्छु भन्दै ५० हजार घुस लिने सामुदायिक वनका अध्यक्ष पनि पक्राउ परेका छन्।