अछामको ढकारी गाउँपालिकामा सकेट बम फेला

अछामको ढकारी गाउँपालिकामा सकेट बम फेला

अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर-१ मा  सकेट बम  भेटिएको छ । उक्त  बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

भवानी बक्स गण मंगलसैनका सेनानी हरिबहादुर श्रेष्ठको टोलीले शुक्रबार साँझ ६ बजे बम डिस्पोज गरेको हो ।

ढकारी गाउँपालिका वडा नम्बर-१ का स्थानीय दिलबहादुर बुढाको घर नजिकैको झाडीमा शुक्रबार बम फेला परेको ढकारी प्रहरी चौकीका इन्चार्ज मदन सिंह धामीले जानकारी दिनुभयो ।

फेला परेको  बम द्वन्द्वकालमा छुटेको हुनसक्ने ढकारी गाउँपालिका-१ का वडाध्यक्ष भवानीप्रसाद उपाध्यायले बताउनु भयो ।