नयाँ मुलुकी संहितापछि पुरुष पनि सम्बन्ध विच्छेदका लागि अदालत धाउदै

नयाँ मुलुकी संहितापछि पुरुष पनि सम्बन्ध विच्छेदका लागि अदालत धाउदै

धनगढी : नयाँ मुलुकी संहितामा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि मुद्धा हाल्न पाउने भएपछि पुरुष पनि सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन । 

भदौ १ गतेदेखि मुलुकमा लागु भएको नयाँ संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाई दिएपछि उनीहरु महिला सरह अदालत जान थालेका हुन । 

यो व्यवस्था लागू भएलगत्तै कैलालीमा सम्बन्ध विच्छेद गर्न कानुनी उपचार खोज्ने पुरुषको सङ्ख्या बढेको हो । 
भदौ १ गतेदेखि मुलुकमा लागु भएको नयाँ संहिताले सम्बन्ध विच्छेदका लागि पुरुषलाई पनि सहज बनाई दिएपछि सम्बन्ध विच्छेदका लागि अदालत धाउने पुरुषको सख्या बढेको हो । 

जिल्ला अदालत कैलालीका अनुसार भदौ १ गतेदेखि हालसम्ममा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्धामा पुरुषको सख्या बढी रहेको छ ।

भदौ १ गतेदेखि हालसम्ममा सम्बन्ध विच्छेदका लागि पुरुषले २१ त्था महिलाले २० मुद्धा दर्ता गराएको जिल्ला अदालत कैलालीका श्रेष्तेदार इन्द्र बहादुर कठायतले बताउनुभयो । 

पहिले महिलाका तर्फबाट सम्बन्ध विच्छेदको उजुरीको ओइरो लाग्थ्यो । विशेष अवस्थामा मात्रै पुरुष आउँथे । तर, अहिले भने महिला कम, पुरुष बढी आइरहेका छन् । 

नयाँ देवानी संहिताको भाग ३ को परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ । त्यसमा यसअघि महिलाका लागि भएका व्यवस्था पुरुषका लागि पनि राखिएका छन् । यसपछि पत्नीसरह पतिले पनि सम्बन्ध विच्छेद गर्नसक्ने भएका हुन् । 

लगातार तीन वर्ष बेखबर बाहिर बसेमा, अङ्गभङ्ग हुने गरी कुटपिट गरेमा, शारीरिक र मानसिक हिंसा गरेमा पत्नीविरुद्ध पति अदालत जान सक्छन् । 

पत्नीले अरू कुनै परपुरुषसित यौन सम्बन्ध राखेको अवस्थामा पनि सम्बन्ध विच्छेद हुनसक्छ । समानताका नाममा कानुनले पुरुषको सम्बन्ध विच्छेद खुकुलो बनाएको छ । 

अदालतमा परेका मुद्दा अनुसार यसै पनि पछिल्लो समयमा स्वतन्त्र हुने नाममा स–साना मनमुटावमा पनि पति–पत्नीबीच सम्बन्ध विच्छेद हुने क्रम बढेको छ । 

बिहे भएकै वर्ष सम्बन्ध विच्छेद गर्ने युवा जोडी बढेको छन् । 
असअघि पनि पुरुषले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दर्ता गर्नुपथ्र्यो । स्थानीय तहहुदै अदालतसम्म पुग्न एक वर्ष लाथ्यो । 

अहिले त्यो प्रक्रियाविनै सिधै अदालतमा मुद्धा दर्ता गर्न पाईन्छ । यसले पत्नी पिडित पुरुषलाई न्याय दिलाउने अधिवक्ता देवीलाल चौधरीले बताउनुभयो । 

सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत कैलाली पुगेका एक जना पुरुषले नया व्यवस्थाले आफुजस्तै पत्नी पिडित पुरुषलाई फाईदा पु¥याएको बताउनुभयो ।