अमेरिकामा एकैदिन ११ सय भन्दा धेरैको मृत्यु, कति छन् जम्मा संक्रमित र मृतक ?

अमेरिकामा एकैदिन ११ सय भन्दा धेरैको मृत्यु, कति छन् जम्मा संक्रमित र मृतक ?

विश्वकै लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ४८ हजार २८५ जनाको मृत्यु भएको छ भने ३५ लाख ६६ हजार १११ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ११ लाख ५४ हजार १४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५० हजार ४६ जनाको स्वास्थ्य अपस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६८ हजार ५९८ जनाको मृत्यु भएको छ भने ११ लाख ८८ हजार १२२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १६ हजार १३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा यो समाचार तयार पार्दासम्म २४ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख २३ हजार ८८३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा कोरोनाको महामारीका कारण १ लाख २७ हजार ४३८ जनालाई संक्रमण भएको छ भने ७ हजार ८८६ जनाको मृत्यु भएको छ । अमेरिकामा आईतवार मात्रै २७ हजार ३४८ जना नयाँ संक्रमित थपिएका छन् भने आईतवार नै १ हजार १५४ जनाको मृत्यु भएको छ ।