व्यवसायी खनालद्धारा लकडाउन पिडितलाई राहत वितरण

व्यवसायी खनालद्धारा लकडाउन पिडितलाई राहत वितरण

धनगढी : बिश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको ४० दिनभन्दा बढी बितिसकेको छ । लकडाउनका कारण दैनिक गुजरा चलाउन समस्यामा परेका नागरिकहरुलाई निजि क्षेत्रबाटपनि उल्लेख्य सहयोग भइरहेको छ ।

धनगढीमा ब्यापार गर्दै आएका पुर्ण प्रशाद खनालले आफ्नो जन्मथलो कैलारी गाउँपालिका वडा नम्बर २ का करिब डेढ सय जना परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । लकडाउनका कारण समस्यामा परेका परिवारलाई उनले ३० किलोका दरले चामल तथा नुन, तेल सहयोग गरेका छन् ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरु रोजगारी गुमेपछि समस्यामा परेका थिए । आफ्नो ब्यवसाय गर्दै आएका खनालले सो सहयोग गरेपछि उनिहरुले खुशी हुँदै धन्यबाद दिएका छन् । ब्यवसायी पुर्ण प्रशाद खनालले आफ्नो जन्मभुमीमा बिगतदेखीनै सहयोग गर्दै आइरहेको जानकारी दिए ।

आफु सामान्य ब्यवसाय गरिरहेपनि गाउँमा समस्या परेको खबरपछि केही खाद्यान्न सहित गाउँमा पुगेको खनालले बताए । समाजमा हुर्किसकेपछि आफु मात्रै नभएर सामाजिक उत्तरदायीत्व निर्बाह गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नो तर्फबाट केही सहयोग गरेको उनले बताए । यो सहयोगले सबै जनता लाभाम्बित नभएपनि केही जनताको समस्या समाधान हुने उनको अपेक्षा छ ।