सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालको आयोजना तथा सृजनशिल युवा क्लबको सहयोगमा रक्तदान कार्यक्रम

सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालको आयोजना तथा सृजनशिल युवा क्लबको सहयोगमा रक्तदान कार्यक्रम


विश्वव्यापी कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि बिरामिलाई रगतको अभाव हुन नदिन सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पताल अत्तरियाले आज रक्तदान कार्यक्रमकोे आयोजना गरेको छ । 

कैलालीको अत्तरियामा रहेको सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालको आयोजना तथा सृजनशिल युवा क्लब अत्तरियाको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको रक्त सञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताउनुभयाे ।

लकडाउनको समयमा रगतको अभाव भईरहेको बेला अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रम प्रति उत्साहित भएको पन्तले बताउनुभयाे । 

यो समयमा रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका अध्यक्ष आनन्द भट्टले बताउनुभयाे। रक्तदान कार्यक्रममा धेरैको उपस्थित रहेको थियो तर एकैपल्ट रगत संकलन गर्नु भन्दा पछिल्लो पटक पनि रक्तदान कार्यक्रम आयोजना गरिने भएकोले आज ३४ जनाको मात्रै रगत संकलन गरिएको अध्यक्ष भट्टले बताउनुभयाे

लकडाउनका बेला रक्तदान कार्यक्रम नभएर रगत अभाव हुने सम्भावना बढेपनि यस रक्तदान कार्यक्रमले रगत अभावलाई केही दिनसम्म टार्ने गोदावरी नगरपालिकाका मेयर हरी सिहं साउँदले बताए । यस्तो संकटको घडीमा सजगता अपनाएर गरिएको रक्तादानले धेरैको जिवन बाँचने उनको भनाई छ ।