धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लाको प्रहरी कमाण्डमा एसपी अनुपम शमशेर जबराले बिहीबारबाट कमाण्ड सम्हालेका छन् ।
प्रहरी उपरिक्षक (एसपी) जबरा बिहीबार कैलाली पुगेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । जिल्लाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरी एसएसपीमा बढुवा भएर गएपछि प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा जबरालाई सरुवा गरेको हो ।
लामो समय मानव बेचबिखन अनुसन्धान ब्युरोमा काम गरिसकेका प्रहरी उपरिक्षक जबरा अहिले कैलाली जिल्लाको प्रहरी कमाण्डमा आएका हुन । उनले अहिले विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरस नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता हुने बताए ।
साथै जिल्लामा शान्ति, सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको उनले बताए ।