पत्रकार धानुकलाई बैतडी बाट जनताको मार्मिक कबिता

पत्रकार धानुकलाई बैतडी बाट जनताको मार्मिक कबिता

पत्रकार धानुकलाई बैतडी बाट मार्मिक कबिता आएको छ । तातो बहसका उत्पादक तथा प्रस्तोता पत्रकार नवराज धानुकलाई बैतडीका जयबहादुर बोहराले 'बेहाल छ धानुक जी' शिर्षकमा मार्मिक कविता लेखेका हुन् । प्रस्तुत छ कबिता लेखककै शब्दमा ।

'बेहाल छ धानुक जी'

मनले चाहे जस्तो सुुख, को पाउछ र धानुक जी !
हामी जस्ता गरिबको उद्दारमा को ? आउछ र धानुक जी !!

धन पो चाहिदो रहेछ, पो समाजमा बाच्नलाई !
भाकले मर्न लागेकालाई, का ? बचाउछ र धानुक जी !!

कोहि लत्याई हिडने गर्छन, कोहि नदेखे झै गर्छन !
भोका नाङगालाई गास,बास दिई, गुन को ? लाउछ र धानुक जी !!

हामी जस्ता गरिबलाई, बिहान खाई बेलुका के खाउ !
पेटै भर्न नपाउँदा , को ? रमाउछ र धानुक जी !!

जब जाबो गाककै निम्ति, कलह हुन्छ घर भित्र !
चाहेर त जीबन, को ? गुमाउछ र धानुक जी !!

                                                रचना(लेखक): जय बहादुर बोहरा (बैतडी)