चामल आपूर्ति गर्ने धनगढीको ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना

चामल आपूर्ति गर्ने धनगढीको ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना

धनगढी : धनगढी उप–महानगरपालिकाले बाडेको राहतको चामल कुहिएको फेला परेपछि राहतको चामल आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई  दुई लाख जरिवाना गरिएको छ । राहतमा बाडेको खाद्यान्न गुणस्तरहीन भेटिएपछि खाद्यान्न आपूर्ति गर्ने ट्रेड लिंकलाई दुई लाख जरिवाना गरिएको हो ।

उप–महानगरपालिकाले बाडेको राहतको चामल कुहिएको भेटिए पछि स्थानीय आक्रोशित हुदै  राहतको चामल फिर्ता गरेका थिए । राहतको चामल कुहिएको फेला परेपछि जिल्लास्थित अनुगमन समितिको टोलीले ठाकुर ट्रेड लिंकलाई दुई लाख जरिवाना गरेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका सूचना अधिकारी दीपक कुँवरले जानकारी दिए ।

उनका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।