नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि

नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

थापाका अनुसार तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।मंगलबार कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८जना मध्ये एकजना तौलीहवा अस्पतालकी स्टार्फ नर्स भएको थापाले बताए ।

‘आज कपिलवस्तुमा संक्रमण पुष्टि भएका ८ जना मध्ये एकजना तौलीहवा अस्पतालको स्टाफ नर्स पनि हुनुहुन्छ,’ थापाले भने, ‘स्वास्थ्य मन्त्रालयले एकघण्टा अगाडि मात्र हामीलाई विस्तृत जानकारी मेलमा पठाएको थियो ।’